सेयर बजारमा ५२ अंकको उछाल, कारोबार रकम बढेन
आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५२ अंकको उछाल आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा आज विहीबार भने दोहोरो अंकको उत्साहजनक वृद्धि आएको हो । कारोबारको सुरुवाती समयमा आज पनि बजारले घट्ने संकेत देखाएको थियो । कारोबार सुरू भएको ३० मिनेटको समयमा बजार १५ अंकले ओरालो लाग्दै २५ सयको अंकबाट तल झरेको थियो । तर, त्यसपछि निरन्तर सुधार हुँदै परिसूचक ५२ अंकले उकालो लागेको हो ।
आज ५२ अंक अर्थात २.०८ प्रतिशतको सुधार आएसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेको दिन आज कारोबार रकम भने न्यून छ । २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५६ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएका १३ मध्ये १२ समूहमा सुधार आएको छ । आज अन्य समूह ०.९५ अंकले घट्नुबाहेक कुनै पनि समूहमा गिरावट आएको छैन । यसबाहेक जीवन बीमा समूहको सूचक ३७१ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सेयर मूल्य २४८ अंकले बढेको छ ।
यस्तै, विकास बैंक समूह २०२ अंकले बढ्दा जलविद्युत समूह १२३ अंकले बढेको छ । यसैगरी, आज इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशतभन्दा बढीले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण