मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सेयर बजारमा ५२ अंकको उछाल, कारोबार रकम बढेन

बिहीबार, २६ फागुन २०७८, १५ : १४
बिहीबार, २६ फागुन २०७८

आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५२ अंकको उछाल आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा आज विहीबार भने दोहोरो अंकको उत्साहजनक वृद्धि आएको हो । कारोबारको सुरुवाती समयमा आज पनि बजारले घट्ने संकेत देखाएको थियो । कारोबार सुरू भएको ३० मिनेटको समयमा बजार १५ अंकले ओरालो लाग्दै २५ सयको अंकबाट तल झरेको थियो । तर, त्यसपछि निरन्तर सुधार हुँदै परिसूचक ५२ अंकले उकालो लागेको हो ।

आज ५२ अंक अर्थात २.०८ प्रतिशतको सुधार आएसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेको दिन आज कारोबार रकम भने न्यून छ । २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५६ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएका १३ मध्ये १२ समूहमा सुधार आएको छ । आज अन्य समूह ०.९५ अंकले घट्नुबाहेक कुनै पनि समूहमा गिरावट आएको छैन । यसबाहेक जीवन बीमा समूहको सूचक ३७१ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सेयर मूल्य २४८ अंकले बढेको छ ।

यस्तै, विकास बैंक समूह २०२ अंकले बढ्दा जलविद्युत समूह १२३ अंकले बढेको छ । यसैगरी, आज इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशतभन्दा बढीले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप