राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा भट्टराई, सचेतकमा दाहाल नियुक्त
बिहीबार, २६ फागुन २०७८, १५ : १३

राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् ।
यसअघि राष्ट्रियसभामा संसदीय दलका नेता सुमन प्याकुरेल ४ वर्षे समयावधी पूरा गरेर विदा भएपछि उनको ठाउँमा यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई संसदीय दलको नेता चयन गरिएको हो । प्रतिनिधिसभाको संसदीय दलको नेताले राष्ट्रियसभाको दलको नेता र सचेतक चुन्ने व्यवस्थाअनुसार चयन गरिएको सांसद दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागि भएनन् पुर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल