राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा भट्टराई, सचेतकमा दाहाल नियुक्त
बिहीबार, २६ फागुन २०७८, १५ : १३
राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् ।
यसअघि राष्ट्रियसभामा संसदीय दलका नेता सुमन प्याकुरेल ४ वर्षे समयावधी पूरा गरेर विदा भएपछि उनको ठाउँमा यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई संसदीय दलको नेता चयन गरिएको हो । प्रतिनिधिसभाको संसदीय दलको नेताले राष्ट्रियसभाको दलको नेता र सचेतक चुन्ने व्यवस्थाअनुसार चयन गरिएको सांसद दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण