नेपाल प्रहरीले भन्यो–म्यादी प्रहरीमा भर्ना खुलेको छैन
नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो।
‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने “म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं’ प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं।’
बुधबार म्यादी प्रहरीमा भर्ना खुला गरिएको भन्दै ‘फेक’ सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण