अभिनेत्री करिश्मा मानन्धरले लिइन् एमाले प्रवेशको निर्णय

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् । मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको भेटवार्ता भएको थियो । सो क्रममा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।
‘एमालेमा लाग्ने निर्णय गरेको छु । निजी हिसाबले मैले यो निर्णय गरेकी हुँ’, उनले रातोपाटीसँग भनिन्, ‘राजनीतिमा झुकाव छ । कुनै न कुनै विचारलाई समातेर अघि बढिन्छ । राजनीतिमा लाग्ने यो यो राइट टाइम पनि हो । पार्टीमा प्रतिबद्ध भएर अघि बढ्दा ठीक होला भनेर यो निर्णय लिएँ ।’
यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई केही दिनमै एक कार्यक्रम गरेर पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ।
यसअघि मानन्धरले ओलीको प्रशंशा गर्दै आएकी थिइन् भने ओलीले आफूलाई बारम्बार फोन गरेको बताउँदै आएकी थिइन् । कक्षा १२ को परीक्षा दिँदा ताका आफूलाई ओलीले परीक्षाबारे सोधिखोजी गरेको भन्दै सार्वजनिक रुपमा खुशी व्यक्त गरेकी थिइन् भने त्यतिबेला पनि उनले ओलीलाई बालकोटमै पुगेर भेटेकी थिइन् ।
बिहीबार बालकोटमा भएको भेटमा एमाले नेताहरु नवराज सिलवाल, गंगा चौधरीलगायत पनि सँगै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर
-
भारतको केन्द्रीय बैँकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती
-
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन
-
रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुख निखिल पक्राउ