शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

बिहीबार, २६ फागुन २०७८, १४ : ५७
बिहीबार, २६ फागुन २०७८

बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध २प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप