संखुवासभा बस दुर्घटना : एमालेद्वारा दुःख व्यक्त
बिहीबार, २६ फागुन २०७८, १४ : ५३
संखुवासभामा बिहीबार भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
एमालेले यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।
संखुवासभाको मादी नगरपालिकाबाट इटहरी जानेक्रममा बा४ख ७३५ नम्बरको रेशम फिलिलि बस मादी नपा–६ को सात घुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै ५ जना सख्त घाइते भएका छन् ।
एमालेले तत्काल घाइतेको उद्धार र उपचार गर्न–गराउन पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख