आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘आप’ ले गोवामा दुई सिट जित्यो : केजरीवाल

बिहीबार, २६ फागुन २०७८, १४ : २०
बिहीबार, २६ फागुन २०७८

दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका सुप्रिमो अरविन्द केजरीवालले ट्वीट गरेर गोवामा आम आदमी पार्टीले दुई सिटमा जित हासिल गरेको बताएका छन् ।

आम आदमी पार्टी प्रमुखले ट्वीट गरेर भने, ‘आप ले गोवामा दुई सिटमा जित हासिल गरेको छ । बधाई र शुभकामना । गोवामा यो इमानदार राजनीतिको सुरुवात हो ।’

गोवामा कुल ४० विधानसभा सिट छन् । चुनाव आयोगका अनुसार बिनेपी १८ सिटमा अघि बढिरहेको छ र एउटामा जितेको छ । आम आदमी पार्टी दुई सिटमा अघि बढिरहेको छ । यस्तै कांग्रेसले एउटा सिट जितिसकेको छ र १० सिटमा अघि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप