बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पञ्जाब कांग्रेस प्रमुख नवजोत सिंह सिद्धू राज्यमा चुनावी नतिजाबारे बोले

बिहीबार, २६ फागुन २०७८, १३ : ४८
बिहीबार, २६ फागुन २०७८

पञ्जाब विधानसभा चुनावको मतगणनाको रुझान सार्वजनिक भइरहे सँगै राज्यमा कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धूले ‘मानिसको आवाज, भगवानको आवाज भएको’ बताएका छन् ।

उनले लेखेका छन्, ‘पञ्जाबका जनताले जनादेश विनम्रतापूर्वक स्वीकार गर्छन्, ‘आप’ लाई बधाई ।’

पञ्जाबको चुनावी परिणामको रुझानमा आम आदमी पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उदाएको छ । उक्त पार्टी ९० सिटमा अघि छ जबकी सत्तारुढ कांग्रेसको गठबन्धन १८ सिटमा अघि बढिरहेको छ ।

११७ सिट भएको विधानसभामा बहुमतको आँकडा ५९ सिटको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप