आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

कम ‘फी’ वा अन्य कारण ? १५ वर्षपछि आदित्य नारायणले किन छोडे होस्टिङ ?

बिहीबार, २६ फागुन २०७८, १३ : २१
बिहीबार, २६ फागुन २०७८

कयौँ पटक हामी सेलेब्रिटीको फैसला जानेर खुसी वा दुःखी हुन्छौँ । तर हामीलाई  यसको पछाडिको कारणबारे थाहा हुँदैन । आदित्य नारायणले होस्टिङ छोडेको हामी सबैलाई थाहा छ । तर उनले यो फैसला किन लिए कसैलाई पनि यसबारे थाहा छैन ।

यसबारे आदित्य नारायणले होस्टिङ छोड्नुका कारणबारे जानकारी दिएका छन् ।

आदित्यले होस्टिङलाई किन भने अलबिदा ?

९० को दशकमा आदित्य नारायणको करियरको सुरुवात बाल कलाकारको रुपमा  भएको थियो । बाल कलाकारको रुपमा उनलाई व्यापक मन पराइयो । यद्यपि, ठूलो भएपछि उनको जादुले काम गर्न सकेन । फिल्ममा फ्लप भएपछि आदित्य सानो पर्दामा रियलिटी शोमा होस्ट बनेका थिए । होस्टको रुपमा आदित्यको जादु चल्यो । त्यसपछि उनी ‘सा रे गा मा पा’ र ‘इन्डियन आइडल’ जस्ता शोमा होस्ट गर्न थाले  । करिब १५ वर्ष पहिले आदित्यले ‘सा रे गा मा’ बाट रियालिटी शो मा कदम राखे र धेरैको मनमा राज गरे । सबै राम्रो चलिरहेको थियो । फेरी अचानक एक सोशल मिडिया पोष्टको माध्यमबाट आदित्यले होस्टिङ छोड्ने घोषणा गरेर सबैलाई अचम्मित पारिदिए । अब सोही एएमए सेशनको अवधिमा उनले होस्टिङमा खुलेर कुराकानी गरेका छन् । आदित्यले बताए अनुसार अब उनी होस्टिङ नभई गायन र फिटनेसमा ध्यान दिने बताएका छन् ।

होस्टिङमा छैन, त्यो कुरा

आदित्यले आफ्नी छोरी त्विषा र पत्नी श्वेतासँग समय बिताउन चाहेको बताएका छन् । होस्टिङले उनलाई पहिले जस्तो प्रभावित बनाउन नसकेको पनि उनले बताएका छन् ।

यो बाहेक कुरा पैसाको पनि हो । गायक र अभिनेता आदित्य नारायण भन्छन्, ‘होस्टको रुपमा च्यानलले मलाई खासै पैसा दिनेछैनन्, जति अहिले दिइरहेका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप