शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित

बिहीबार, २६ फागुन २०७८, १३ : २१
बिहीबार, २६ फागुन २०७८

स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ ।  स्याली अल्स्चुलर बिस बर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध थिए । उनी बालसाहित्यको श्रीवृद्धि र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् । उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् । स्भेन नोर्कि्वस्ट विश्व प्रसिद्ध चित्राङ्कनकर्ताको रुपमा चिनिन्छन् । उनका पेत्सन फिन्दुस र मामा मू विश्व प्रसिद्ध बाल पुस्तकहरू हुन् । कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् । 

डेनमार्कमा प्रकाशित ‘डेभिड र गोलायथ’ शीर्षकको पुस्तक नेपाली भाषामा अनुवाद एवम् प्रकाशन गरिएको हो । यस पुस्तक जनकपुर साहित्य महोत्सव, जनकपुरमा फागुन २०गते विमोचन गरिएको थियो  । पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन लेखक  स्याली अल्स्चुलर डेनमार्कबाट नेपाल आएका थिए भने बालबालिकाबाट पुस्तक विमोचन गरिएको थियो  । 

कथामा हुँडारका झुण्डले भेडाहरुमाथि आक्रमण गर्न खोज्दा रातटाउके भेडागोठालो केटो डेभिड बाँसुरी बजाउँदै आराम गरिरहेको हुन्छ । डेभिड निकै सानै भएपनि उसले आफ्नो घुयेँत्रो घुमाई ती जनावरहरुलाई तर्साएर भगाउने प्रयास गर्छ । डेभिड आफ्नो प्रयासमा सफल पनि हुन्छ तर उसलाई विश्वास गर्ने कोही हुँदैन ।

चित्रकथामा गोलाएथलाई बडेमानको मानिसको रुपमा चित्रित गरिएको छ । गोलाएथ, जो राक्तपिपाशु राक्षसहरुको समुहमा सामेल हुन्छ तर घृणित तुच्छ कुराबाट मुक्त हुन कुहिरो लागेको बेला ऊ सुटुक्क निस्कन्छ। तुच्छ कुराबाट मुक्त हुन निस्केको गोलाएथको भेट अकस्मात डेभिडसँग हुन्छ । सानो डेभिड र भिमकाय गोलाएथ दुई बिच संयोगवस भेट भएपछि कथाले नयाँ मोड लिन्छ I 

चित्रकथा ‘डेभिड र गोलाएथ’ पाँच वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा आठ वर्ष माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप