भारतमा पाँच राज्यमा विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र पन्जाबमा आम आदमी जित नजिक
![भारतमा पाँच राज्यमा विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र पन्जाबमा आम आदमी जित नजिक](https://rpcdn.ratopati.com/media/albums/49bbd099-79b7-47f3-9338-fa35fdabbc6b_jAPFTxmFQ5.jpg)
भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीको विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ ।
त्यस्तै, गोवामा पनि भाजपाको अग्रता छ । यी प्रदेशमा आफ्नो विजय निश्चित देखिएको भन्दै पन्जावमा आम आदमी र अन्य प्रदेशहरुमा भाजपाले विजयोत्सव मनाउन थालेका छन् ।
सहज अन्तरले अगाडि रहेको उत्तर प्रदेशको नतिजाले भने सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा भाजपाका लागि धेरै अर्थ राख्ने जनाइएको छ ।
सार्वजनिक भइरहेका नतिजाले देशकै पुरानो पार्टी पाँचै राज्यमा लज्जास्पद पराजय चाख्ने देखिएको छ । भाजपाका तर्फबाट नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि कंग्रेसले निरन्तर पराजय चाखेको विश्लेषकहरुको टिप्पणी छ ।
कठिन प्रतिष्प्रर्धा गरेको कंग्रेसले गोवामा प्रष्ट बहुमत नल्याउने प्रारम्भिक रुझानले देखाएको छ । ४० सीट रहेको गोवाआमा पछिल्लो रुझानमा भाजपा १८ र कंग्रेसको ११ सिटमा अग्रता छ । त्यस्तै क्षत्रीय पार्टी त्रिणमूल कंग्रेस ४ र आम आद्मी पार्टी ३ सिटमा अगाडि देखिएका छन् ।
मतगणना जारी भइरहँदा ४०३ सिट रहेको उत्तर प्रदेशमा २६७ सिटसहित भाजपा अगाडि छ भने समाजवादी पार्टीले १२४ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै, कंग्रेस ४ सिटमा अगाडि छ । त्यसैगरी ११७ सीट रहेको पन्जाबमा आम आद्मी ९० सिट र कंग्रेस १८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै पुरानो पार्टी अकलीले ६ सिटमा अग्रता कायम गरेको छ । पन्जाबमा भाजपाको भने २ सिटमा मात्र अग्रता देखिन्छ ।
कुल ७० सिट रहेको उत्तराखन्डमा मतगणनाको पछिल्लो रुझानमा भाजपा ४४ र कंग्रेस २२ स्थानमा अगाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानातिना सुधारले मात्रै सहकारीको समस्या समाधान हुन सक्दैन : महासचिव गुरुङ
-
सीमा आभासका तीन कविता
-
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
-
माओवादी केन्द्रलाई कांग्रेसको जवाफ : संविधान संशोधन अग्रगमनका लागि हुन्छ
-
डुबानमा पर्यो बल्खुको तरकारी बजार, तस्बिरहरू
-
मधेस प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री सिंहले मागे विश्वासको मत