के एफए – जहाँ विद्यार्थी अध्ययन गर्न जान्छन्, उद्यमी बनेर निस्कन्छन्
बजारले खोजेको जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सन् २००१ मा तालिम दिने थलोका रूपमा स्थापना भएको केएफए बिजनेस स्कूल सञ्चालनमा आएको २१ वर्ष भइसक्यो । शुरूमा तालिम दिने थलोका रूपमा सञ्चालनमा आएको संस्था यतिबेला शिक्षा लिने उत्कृष्ट थलोका रूपमा अघि बढेको छ । एमबीए, बीएचएम र बीएससी आइटी विषयमा अध्यापन गराइरहेको संस्थाले भविष्यमा कृषि र बीबीए क्षेत्रमा पनि हात हाल्दैछ । अध्ययनका लागि आउने विद्यार्थीलाई भविष्यमा चाहिने सम्पूर्ण ज्ञान दिइने गरेको संस्थाको दाबी छ । केएफए बिजनेश स्कूलका संस्थापक रेष्टा झा र एकेडेमिक निर्देशक जस्मिन हाडा बज्राचार्यसँग रातोपाटीले गरेको कुराकानी –
केएफए कस्तो संस्था हो ? यसले कस्तो सेवा दिन्छ ?
केएफए सन् २००१ मा स्थापना गरिएको शैक्षिक संस्था हो । शुरूमा तालिम दिने संस्थाका रूपमा सञ्चालन भयो । समयान्तरमा कन्सिल्टिङ (परामर्श) दिने संस्था र शैक्षिक संस्थाकै रूपमा अघि बढायौं ।
संस्थाले नयाँ–नयाँ कार्यक्रम थपिरहेको छ । तालिम दिने क्रम नि रोकेको छैन । अहिले पनि हामी अनलाइनमार्फत र भौतिक रूपमै तालिम दिन्छौं । अहिले हामी तालिम, परामर्श र शिक्षा क्षेत्रमा काम गर्दै आएका छौं । केएफएमा अहिले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचल अफ साइन्स इन इन्फरमेशन टेक्नोलोजी (बीएससी आइटी) र मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) गरी तीन वटा पाठ्यक्रम सञ्चालन भइरहेको छ ।
यसबाहेक केएफएले ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) को पाठ्यक्रम सञ्चालनको तयारी पूरा गरिसकेको छ । अब छिट्टै केएफएमा बीबीए कोर्षमा समेत पठनपाठन हुन्छ । यस्तै, केएफएले सिराहामा ६ बिघा जमिन किनेर घ्यूकुमारी र एभोकाडो खेती शुरू गर्न लागेको छ ।
यसबाहेक हामीले सिराहामा फार्मिङ पनि शुरू गर्दैछौं । साढे ५ बिघा जमिनमा आफ्नै फार्मिङ शुरू गरेका हौं । त्याँहा एलोभेरा र एभोकाडोको खेती थालिएको छ । यो खेतीले केएफएलाई फरक परिचय प्रदान गर्छ । कृषि खेती शुरू गरेपछि हामीसँग तालिम, कन्सिल्टिङ, शिक्षा र कृषि समेत थपिन्छ ।
केएफए तालिम र परामर्श क्षेत्रमा पनि सक्रिय छ । यसले विद्यार्थीलाई कसरी फाइदा पुग्छ ?
केएफए शुरूमा तालिम दिने संस्थाको रूपमा सञ्चालनमा आएको हो । त्यसपछि हामीले अन्य कार्यक्रम पनि थप्दै गयौं । केएफएमा उपलब्ध पाठ्यक्रम पढ्ने विद्यार्थीलाई तालिमको व्यवस्था पनि गरिन्छ । कुनै एउटा पाठ्यक्रम पढ्ने विद्यार्थी कोर्ष सकेर सर्टिफिकेट लिएर मात्र जाँदैन । उसले आफूसँग केही वास्तिविक ज्ञान लिएर संस्थाबाट बाहिरिन्छ । । उदाहरणका लागि बीएचएम अध्ययनरत विद्यार्थीलाई फिल्डमै खटाएर यससम्बन्धी तालिम समेत दिइन्छ ।
यसबाट विद्यार्थीलाई किताबमा भएको विषयवस्तु मात्र पढेर बस्नुपर्ने बाध्यता हट्छ । किताबको विषयवस्तु पढ्दै त्यससम्बन्धी अभ्यास (तालिम) समेत गराइन्छ । यसबाट, कोही विद्यार्थी केएफएबाट डिग्रि सकेर निस्कँदै गर्दा दक्ष जनशक्ति बनेर निस्किन्छ । हामीले परामर्श गर्दै आएका कपोर्रेट हाउस, बैंक तथा वित्तीय संस्था, होटल र हस्पिटल क्षेत्रमा विद्यार्थीलाई तालिम वा इन्टर्नका लागि पठाइन्छ । यसबाट उनीहरूले पाठ्यक्रमसम्बन्धी व्यवहारिक ज्ञान पाउँछन् । त्यसैले पाठ्यक्रमसहित तालिम र परामर्श गराउँदा विद्यार्थीलाई फाइदा पुग्छ ।
यसले हाम्रो संस्थामा पढ्न आउने विद्यार्थीलाई थेउरी मात्र नभइ प्राक्टिल शिक्षा पनि उपलब्ध हुन्छ । यस्तै, संस्थाले कन्सिल्टिङमा सिकेका ज्ञान कक्षा कोठामा ल्याएर अनुभव सुनाउँदा यसबाट विद्यार्थीलाई नयाँ ज्ञान समेत प्रदान हुन्छ । तालिम पनि प्रदान गर्छौं । अहिले तालिम, कन्सिल्टिङ र एग्रो क्षेत्रमा सैक्षिक ज्ञान प्रदान गर्ने संस्थाका रूपमा हामी अघि बढिरहेका छौं ।
केएफएमा पढेका विद्यार्थी व्यवसायी बन्ने सम्भावना छ ?
अब नयाँ स्टार्टअप कम्पनीहरूमा लगानीको योजना समेत संस्थाले बनाएको छ । केएफए इक्वीटी फण्डका रूपमा त्यस्ता संस्थामा लगानी बढाउने हाम्रो योजना छ । हाम्रो समग्र रणनीतिक दूरदृष्ट्रिसँग मेल खाने भएकाले यस्ता संस्थामा लगानी गर्ने योजना बनेको हो ।
लगानी गर्नका लागि हामी राम्रा र लगानीयोग्य कम्पनी छनोट गर्छौं । ती कम्पनीमा लगानी गर्छौं । यस्तै, हाम्रै शैक्षिक संस्थामा पढ्ने विद्यार्थीहरूले सञ्चालन गरेको स्टार्टअप कम्पनीहरूमा समेत लगानी गर्छौं । अहिले पनि हामीले प्रोफेसनल स्टार्टअपहरूमा लगानी गरिरहेका छौं । मार्केटमा रहेका राम्रा कम्पनीहरूमा लगानीको आवश्यकता छ भने हामी लगानी गर्छौं ।
तपाईंहरूकहाँ शिक्षा लिन आउने एउटा विद्यार्थी दक्ष जनशक्ति बनेर बाहिर निस्किन्छन् ?
हामी नेपालमा कस्तो जनशक्तिको आवश्यकता छ । कुन क्षेत्रमा जनशक्तिको आवश्यकता छ भन्ने विश्लेषण गरेर रणनीतिक रूपमा अघि बढ्छौं । अब उद्योगी र नवउद्यमीहरूले मात्रै नेपालको आर्थिक विकास गर्न सक्छन् । नेपालको विकास गर्नका लागि सरकारको मुख ताकेर बस्ने काम हामी गर्दैनौं । नवउद्यमी जन्माएर उनीहरूको कम्पनीलाई ठूलो बनाउने र त्यसबाट आर्थिक क्षमता बढाउनेतर्फ हामीले सोचेका छौं ।
हामी नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्छौं र त्यो पनि बजारको आवश्यकताअनुसार । यसलाई हामीले कार्यान्वयनमा लगिसकेका छौं ।
तपाईंहरू तालिम, परामर्श र शैक्षिक क्षेत्रमा काम गर्दै हुनुहुन्छ । यसले विद्यार्थीलाई कस्तो टेवा पुग्छ ?
हामी विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र बाँड्न चाँहदैनौं । पाठ्यक्रममा भएका ज्ञानलाई व्यवहारिक ढंगबाट नै लागू गर्न चाहन्छौं । ज्ञान लिने कार्यक्रममात्रै गरेर भएन । जुन–जुन शिक्षा दिएका हुन्छौं–त्यस्तै तालिम हामी दिन्छौं । विद्यार्थीलाई इन्टर्नका लागि पनि पठाइन्छ ।
हामी हिमालयन क्यापिटल र हिमालयन बैंकको पनि कन्सिल्टिङ गर्छौं । हस्पिटल र होटलमा समेत हामीले काम (कन्सल्टिङ) गरिरहेका छौं । कतिपय ठाउँमा हामी विद्यार्थीलाई सिक्नकै लागि इन्टर्नमा पठाउँछौं । यसो गर्दा पाठ्यक्रम सकिँदा विद्यार्थीहरू दक्ष जनशक्ति बनिसक्छन् । यस्तै, हामी मलेसियाको लिंकन विश्वविद्यालयमा आबद्ध छौं । यो विश्वको उत्कृष्ट विश्वविद्यालयको सूचीमा ३५औं नम्बरमा पर्छ ।
केएफए अमेरिका र युरोका विश्वविद्यालयसँग आबद्ध नभएर एसियाकै विश्वविद्यालयसँग आबद्ध छ । किनकी, युरोप र एसियाका विश्वविद्यालयले तयार पारेको पाठ्यक्रम नेपालको परिवेशमा सुहाउने खालको हुँदैन । सोहीकारण नेपालको परिवेशमा सुहाउने खालको जनशक्ति उत्पादन गर्न लिंकनसँग आबद्ध भएका हौं ।
केएफएका सबै कोर्षमा ‘पिल्लर’ उल्लेख गरिएको छ । यो भनेको के हो ?
कुनै पनि विद्यार्थी हामीकहाँ अध्ययन गर्न आएपछि उसले सबै प्रकारका ज्ञान लिएर जाओस् भन्ने हाम्रो चाहना हो । हामी विद्यार्थीलाई किताबमा भएको पाठ्यक्रममात्र पढाउन चाहँदैनौं । उनीहरूलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि बाँड्न चाहन्छौं । सोहीकारण, हामीले प्रत्येक पाठ्यक्रममा ‘पिल्लर’ भनेर राखेका हौं ।
यसको अर्थ कुनै पाठ्यक्रम पढ्दै गरेको विद्यार्थीलाई शैक्षिक ज्ञानसमेत दिने लक्ष्य हो । पाठ्यक्रममा भएको सैद्धान्तिक ज्ञान पढाउने र त्यसलाई व्यवहारिक जीवनमा सिकाउने गरी दुई प्रकारका प्रोफेसर हामीसँग छन् । हामीसँग पाठ्यक्रममा भएका चार विषयमध्ये एमबीएमा मात्रै १२ वटा पिल्लर राखेका छौं । यस्तै, अन्य विषयमा पनि यस्तै पिल्लरहरू राखिएका छन् ।
एमबीएमा सबैभन्दा राम्रो पिलर भनेको ‘डुअल फ्याकल्टी सिस्टम’ (डीएफएस) हो । यो भनेको धेरै पुरानो विश्वविद्यालयमा पनि कुनै पनि विषय पढाउनका लागि एक जना प्रोफेसर हुन्छ । उसले कोर्षमा भएको विषयलाई पढाउँछ । पीसी (प्रोफेसनल कन्ट्रिब्यूटर)ले यसमा प्रयोगात्मक ज्ञान उपलब्ध गराउँछन् ।
केएफए र अन्य शैक्षिक संस्थाबीच के–कस्ता भिन्नता छन् ?
अन्य शैक्षिक संस्था र हामी केएफएबीच धेरै भिन्नता छ । हामी हाम्रो संस्थामा शिक्षा लिन आउने विद्यार्थीलाई कोर्समा भएको शैक्षिक ज्ञान मात्र दिँदैनौं । हामी उसले लिने ज्ञानलाई व्यवहारिक रूपमा कसरी गर्ने भन्ने विषयलाई समेत जानकारी दिन्छौं । उदाहरणका लागि केएफएमा बीएचएम गर्न आउने आउने विद्यार्थी भोलिका दिनमा सर्भिस, किचेन, रिसेप्सन या हाउस किपिङमध्ये जुनसुकै क्षेत्रमा जान सक्छ । विद्यार्थीलाई सोहीअनुसार सबै क्षेत्रमा दक्ष बनाउने काम हामी गर्छौं ।
यस्तै, केएफए इक्विटी फण्ड स्थापना गरेर नवउद्यमी र नवउद्यममा समेत लगानी गर्ने गरेका छौं । बजारमा रहेका राम्रा स्टार्टअप व्यवसाय छानेर त्यस्ता कम्पनीमा लगानी गर्ने गरेका छौं । तर, ती व्यवसायले हामीलाई लगानी आवश्यक पर्यो भन्नुपर्छ । यसका साथै केएफएमा अध्ययनरत विद्यार्थीले ल्याएको उत्कृष्ट स्टार्टअप कन्सेप्टमा समेत हामी लगानी गर्नेछौं । यसको मूख्य लक्ष्य हाम्रो संस्थामा अध्ययनका लागि विद्यार्थी बनेर आउने उत्कृष्ट सम्भावनायुक्त युवा भविष्यको उद्यमी बनेर निस्कन्छन् ।