एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछ : प्रधानमन्त्री देउवा
बिहीबार, २६ फागुन २०७८, १२ : ४१

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । पर्साको वीरगञ्जमा बिहीबार काँग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।
एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?