आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बारम्बार पिसाब लाग्नु गम्भीर रोगको संकेत

बिहीबार, २६ फागुन २०७८, १२ : १७
बिहीबार, २६ फागुन २०७८

पानी पिएको केही समयपछि पिसाब लाग्नुलाई स्वभाविक मानिन्छ । केही व्यक्तिहरु भने ३ देखि ४ पटकसम्म बारम्बार पिसाब गर्न जाने गर्छन् । भने, केहीलाई दिनमा नै धेरै पटक पिसाब लाग्ने गर्छ । बारम्बार पिसाब लाग्नु शारीरिक समस्याको कारण हुन सक्छ । बारम्बार मुत्रबिसर्जन गर्नु घातक हो । किन बारम्बार पिसाब लाग्छ त ? यसका थुप्रै कारणहरु छन् । 

बारम्बार पिसाब लाग्नु के हो ? 
यदि कुनै पनि व्यक्ति २४ घण्टामा बारम्बार पिसाब गर्छ । त्यो व्यक्तिमा फ्रिक्वेन्टली युरिनेशन श्रेणीमा राखिन्छ । रिपोर्टका अनुसार यदि कुनै व्यक्ति २४ घण्टामा ८ पटकभन्दा बढी पिसाब गर्न जान्छ भने त्यसलाई फ्रिक्वेन्टली युरिनेशनको श्रेणीमा राखिन्छ । बारम्बार पिसाब लाग्दा निन्द्रा खराब हुन सक्छ । पिसाबले भरिएको ब्लाडरका कारण राती निन्द्रा पनि कम लाग्ने समस्या हुनसक्छ । उक्त स्थितीलाई निक्टुरिया भनिन्छ । कतिपय समस्यामा डाक्टरको सल्लाह लिँदा समस्या कम हुन्छ । 

बारम्बार पिसाब आउनुको कारण 
फरक–फरक कारणले बारम्बार पिसाब लाग्ने गर्छ । यसमा उमेर, लिङ्ग र दुवैमा पनि आधारित हुन सक्छ । विभिन्न कारण जीवनमा धेरै पटक यस्तो समस्याको सामना गर्नुपर्छ । कहिलेकाँही समस्या सजिल्यै पनि समाधान हुन सक्छ । भने, कहिले काँही समस्या जटिल पनि हुन जान्छ । 

मुत्र नली र ब्लाडरको स्थिती 
मुत्र नली र ब्लाडरको स्थितीका कारण पनि बारम्बार पिसाब लाग्ने गर्छ । कहिले काँही मुत्र नलीमा संक्रमण हुँदा पनि यस्तो समस्या आउँछ । मुत्र नलीमा संक्रमण (युटिआई) हुँदा बाहिरको संक्रमण भित्र शरीरमा पस्छ र पिसाबमार्फत सुनिन्ने समस्या पैदा गर्छ । गम्भीर अवस्थामा पिसाब आउनु मुत्राशयको क्यान्सर पनि हुन सक्छ । 

मधुमेह 
बारम्बार पिसाब आउनु मधुमेहको सामान्य लक्षण हो । मधुमेहको टाइप १ र टाइप २ मधुमेहमा बारम्बार पिसाब लाग्ने समस्या आउँछ । 

प्रोटेस्टको समस्या 
प्रोटेस्ट एक प्रकारको गोल्फ बलको आकारको ग्रन्थी हो । यसले स्खलन हुने समयमा निस्किने तरल पदार्थ निर्माण गर्छ । साथै यो शरीरसँगै बढ्छ । यसको आकार धेरै बढ्यो भने समस्या पैदा हुन्छ । युरिनरी प्रणालीमा दवाब पर्न जान्छ र बारम्बार पिसाब लाग्छ । 

साथै, स्ट्रोक, गर्भाधान, पैल्भिक ट्युमर, मुत्रवर्धक औषधि, अत्यधिक मदिरा र क्याफिन पिउँदा पनि बारम्बार पिसाब आउँछ । 

यदि कसैमा यस्तो समस्या छ भने जीवनशैली परिवर्तन गर्नु पर्छ । यसका लागि सुत्नुअघि झोल पदार्थ नपिउने, मदिरा र क्याफिनको मात्रा कम गर्ने, पेल्भिक मसल्सलाई मजबुत बनाउनका लागि व्यायाम गर्ने र यो समस्याले गर्दा अप्ठ्यारो स्थिती आएमा डाक्टरको सल्लाह लिने गर्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप