कहिलेसम्म बेच्ने नायिकाको रोदन ?
प्रारम्भिक दिनमा महिलाले चलचित्रमा काम गर्नु सामान्य थिएन । त्यसमा पनि नेपाल जस्तो देश जहाँको समाज जात, धर्म र लिङ्गको बन्धनमा बाँधिएको छ, यहाँ त झन असहजता कति कति ? रंगीन दुनियामा काम गर्न हिम्मत गर्दा एक नारीले खानुपर्ने हन्डर र सहनुपर्ने लान्छनाको पीडा हाम्रो सिंगो समाजले त बुझेन नै, कतिपय अवस्थामा स्वयम् नारीहरुले पनि बुझ्ने कोशिस गरेनन् अथवा नबुझेझैं गरे । नारीमाथि समानताको सिद्धान्त रंगीन नगरीले कहिल्यै गरेन तर नारीलाई व्यवसायिक प्रचारको लागि भने सधैं प्रयोग गरिरह्यो ।
चलचित्रको एक पात्र नायिकाको रोदनले निर्मातालाई फाइदा हुन्छ भन्ने धारणास्वरुप नेपालको अधिकांश चलचित्रले महिलाको आँसु बेचे र बेचिरहेका छन् । हामी कथामा दुःख बेच्छांै । किनकि त्यसले राम्रो व्यावसाय गर्छ । तर, वास्तविक जीवनमा के पुरुष कहिल्यै रुँदैनन् ? अवश्य रुन्छन् तर चलचित्रमा किन महिलालाई मात्र रुवाई राख्ने ?
असमान व्यवहार
हामी सबैलाई थाहा छ कि नेपाली फिल्म मुख्यतया पुरुषप्रधान छ । यही कारण कथादेखि चलचित्रसम्म निर्माणका सबै विभागमा महिलाको संख्या धेरै कम छ । पुरुष–महिला अनुपातलाई हेर्दा एक्काइसौं शताब्दीको तेस्रो दशकमा पनि स्थितिमा खासै सुधार आएको छैन । यदि हामीले नेपाली लगायत अन्य भारतीय भाषाका चलचित्रलाई मापदण्ड अनुसार जाँच्ने हो भने पनि सबै भाषाका अधिकांश चलचित्रमा महिलाले उचित प्रतिनिधित्व नभएको पाउँछौँ ।
ऐतिहासिक घटना, समसामयिक घटना वा पौराणिक पृष्ठभूमिमा फिल्म आधारित छ भने महिला पात्रहरूको भूमिका पूर्वनिर्धारित हुन्छ । तर व्यक्तिको जीवनमा आधारित छ भने महिला वा पुरुष पात्रको विश्लेषण गर्नु उपयुक्त नहोला । प्रेमको विषयवस्तुमा आधारित चलचित्रमा अभिनेता र अभिनेत्रीको समान भूमिका हुनुपर्ने देखिएता पनि सन्तुलनको दृष्टिकोण अझै पनि अपनाईदैन । चलचित्र निर्माता र निर्देशकको नियन्त्रणमा विषयको आधारमा चलचित्र बनाइन्छ, साथै चलचित्रमा महिलालाई कति र कसरी चित्रण गर्ने भन्ने कुरा निर्देशकको संवेदनशीलता र कथाको मागमा भर पर्छ ।
जब अभिनेता वा अभिनेत्रीको प्रोडक्सन हाउसमा फिल्म बनाईन्छ, यस्तो अवस्थामा बाँकी कलाकार नाम मात्रै हुने गरेको देखिएका छन् । र, यसको पहिलो घाटा महिला कलाकारलाई नै हुने गरेको छ । यो शक्ति संरचनाले चलचित्रमा महिला कलाकारको भूमिकामा ह्रास आएको छ ।
चलचित्रमा महिला कलाकारको भूमिकालाई रोमान्स, नृत्य र गायनमा मात्र सीमित राखिएको छ । खासमा भन्ने हो भने चलचित्रमा महिलालाई धेरैजसो पुरुषको छाँयामा देखाइन्छ । यसले उनीहरु फिल्ममा छन् वा छैनन्, कथामा कुनै फरक पर्दैन ।
कलाकारहरुले आ–आफ्नो प्रोडक्सन हाउस खोलेपछि अर्को नयाँ अवस्था देखिएको छ । यस्तो अवस्थामा निर्माता र अभिनेता एक भएका छन् र चलचित्रको कथा कलाकारलाई ध्यानमा राखेर लेखिएको हुन्छ । यी चलचित्रहरूमा अभिनेत्रीहरूको भूमिका एकदम न्यून हुने गरेको छ । यो प्रवृत्ति बुझ्न फिल्ममा महिलालाई सीमित भूमिकामा राख्ने विचारले अंग प्रदर्शन जस्ता मुद्दाहरूलाई अझ बढावा दिईरहेको पाईन्छ । यसरी सिनेमामा महिलालाई उपभोगको रुपमा देखाईन्छ ।
बदलिदै सोच
गीत, पहिरन र लैङ्गिक सम्बन्धलाई पनि उपभोगको वस्तुको रुपमा लिएर सुदृढ पार्दै आएपनि आजको युगमा सबैतिर अभिनेत्रीहरूको लागि निराशा मात्र भने छैन, पछिल्लो समयमा चलचित्र निर्माणमा महिलाको सहभागिता बढेको छ । महिलाको छवि केही हदसम्म परिवर्तन भएको छ । अहिले चलचित्रमा नायिकाहरु प्रेम मात्र गर्दैनन्, काम गर्ने महिलाको रूपमा उभिन थालेका छन् ।
केही वर्ष यता दर्शकले फिल्म हेर्ने तरिका र फिल्म मेकरले फिल्म बनाउने तरिका परिवर्तन भएको छ । जसका कारण चलचित्रको विषयवस्तुमा पनि परिवर्तन आएको छ ।
कथा बलियो छ र कथा, पटकथा तथा अभिनय राम्रो भएमा अङ्ग प्रदर्शन नभई पनि फिल्म सफल हुन सक्छ । चाहे त्यो नारीउन्मुख फिल्म नै किन नहोस् भन्ने उदारण धेरै देख्न सक्छौ । अभिनेत्रीको अभिनयको भरमा पनि चलचित्र चल्न सक्छ भन्ने प्रमाणित केही फिल्मले दिइसकेको पनि छ ।
विगतका दशकहरूमा भन्दा अहिले चलचित्रको सेटमा महिलाको उपस्थिति बढिरहेको पक्कै हो । चलचित्र निर्माणका सबै विभागमा महिलाको सहभागिता बढेको पनि हो तर अझै पनि सम्मानजनक अनुपातमा पुग्न सकेका छैनन् । जनविश्वासको विपरित महिलाले समानता प्राप्तिका लागि अझै लामो यात्रा गर्न बाँकी नै छ ।
हाम्रो समाजको संरचना यस्तो छ कि पुरुषले कामको निर्णय गर्ने अधिकार राखेको छ । व्यवहारिक तहमा हेर्ने हो भने पुरुषमा तह तहका ब्यक्तिले महिलाको आदेश र निर्देशन पालना गर्न निकै हठी मनोवृत्ति लिने गरेको देखिन्छ भने महिलालाई पुरुषको आदेश र निर्देशन पालना गर्न कुनै समस्या हुँदैन । महिलाले नेतृत्व गर्न सक्छन् भन्ने विश्वास नै गर्दैनन् । निर्माता र लगानीकर्ताले महिला निर्देशकमा पैसा लगानी गर्न खासै रुचि नदेखाएको कुरा पनि सुनिरहेका हुन्छौं ।
पारिश्रमिकमा हेपाई
पछिल्ला केही वर्ष यता नायिकाको पारिश्रमिकको मुद्दा पनि उठ्दै आएको छ । धेरै अभिनेत्रीले यो मुद्दा उठाएका छन् भने कतिपयले आफ्नो पारिश्रमिक बढाउन सफल भएका छन् । अभिनेत्रीको पारिश्रमिक बढाएपछि पनि यो पूर्वाग्रह देखा पर्छ । फिल्मको सफलतापछि कलाकारको पारिश्रमिक बढ्यो भने त्यो उनको सफलतासँग जोडिएको हुन्छ । कुनै अभिनेत्रीले पारिश्रमिक बढाएमा उनी महत्वाकांक्षी भइन् भनिन्छ । धेरै पारिश्रमिक माग्ने भएकाले उनीसँग काम गर्न गाह्रो छ भनिन्छ ।
अवस्था यस्तो छ कि नायिका टप ३ मा भए पनि टप २० कलाकार भन्दा कम पारिश्रमिक मुख्य भूमिकामा रहेका नायिकाहरूको हातमा पर्छ । चलचित्रमा महिलाको हैसियत र प्रतिनिधित्वको यथार्थ चित्रण छैन । फिल्म उद्योगमा महिलाको अवस्था चिन्ताजनक र सोचनीय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल
-
पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?
-
आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?