ख्वप माविका रोचक भए नेपाल टपर
बिहीबार, २६ फागुन २०७८, १० : ५९

भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चार्टड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् ।
ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद केसीका अनुसार रोचकले विद्यालयका विज्ञान संकाय पढेका थिए । उनका अनुसार रोचक शैक्षिक सत्र २०७३–०७४ का व्याच हुन् । रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने छात्रको रुपमा रहेको उनले सुनाए ।
भक्तपुर नगरपालिका वडा नं १ का रोचकले सीए क्याप ३ परीक्षाको रिजल्ट आएको सुनाए । उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए । रोचक भक्तपुर नगरपालिका –१ का वडा सदस्य इन्द्रकुमार श्रेष्ठका छोरा हुन् । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार