शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा सिमेन्टको महाप्रबन्धक नियुक्ति प्रक्रिया : १२ जनालाई अन्तर्वातामा बोलाइयो

बिहीबार, २६ फागुन २०७८, १० : ४९
बिहीबार, २६ फागुन २०७८

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि आवेदन दिएकामध्ये १२ जनालाई अन्तरवार्तामा बोलाइएको छ । मन्त्रालयले निकालेको सूचनाअनुसार प्राप्त आवेदनमध्येबाट १२ जना अन्तवार्तालाई छनोट भएका हुन् ।

यसअघि, मन्त्रालयले उद्योगको महाप्रबन्धक पद प्रतिस्पर्धात्मक आधारमा पूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको थियो । सोअनुसार आएका आवेदनमध्येबाट १२ जनाको नाम स्वीकृत भएको मन्त्रालयले जानकारी दिएको हो ।
छनोट हुनेमा उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने, दिनेशकुमार यादव, नवीनकुमार कर्ण, भरत रेग्मी, बसन्तकुमार पाण्डे, भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, रामकिसुन गिरी, सन्तोषकुमार तामाङ रहेका छन् ।

छनोट भएका आवेदकहरुको अन्तर्वार्ताको समय भने तोकिएको छैन । अन्तवार्ताबाट समेत छनोट भएकाहरू मध्येबाट मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धकमा नियुक्त गर्ने छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक पद २ महिनादेखि खाली छ । वि.स. २०७१ सालदेखि उद्योगको महाप्रबन्धकको पद सम्हाल्दै आएका प्रेमशंकर सिंहको कार्यकाल यही पुसमा सकिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप