आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

साँफेबगरमा १ हजार ३८३ परिवारलाई गरिब परिचयपत्र, ५८३ अति गरिब

बिहीबार, २६ फागुन २०७८, १० : ४६
बिहीबार, २६ फागुन २०७८

साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ ।  मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो  । 

अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर–१४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५.२५ परिवार छन् ।

गरिबको सूचीमा रहेका परिवार नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकतामा दिइने कुँवरको भनाइ छ । उनले परिचयपत्र पाएका परिवारभित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप