शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुसले युक्रेनमा जैविक हतियार प्रयोग गर्न सक्ने, बोल्यो ह्वाइट हाउस

बिहीबार, २६ फागुन २०७८, १० : ४४
बिहीबार, २६ फागुन २०७८

रुसले युक्रेनमा जैविक हतियारबाट आक्रमण गर्न सक्ने भन्दै त्यसप्रति बेलैमा सबै सतर्क हुनु आवश्यक भएको ह्वाइट हाउसले जनाएको छ । युक्रेनमा अमेरिकाले जैविक र रासायनिक हतियारको विकास गरेको दावी रुसले गरेको प्रेस सेक्रेटरी जेन साकीले बताइन् । तर रुसको यो दावी झुटो भएको उनको भनाइ छ । 

रणनीतिक रुपमा रुसले झुटो दावी गरेको बताउँदै उनले आगामी योजनालाई वैध बनाउनका लागि यसो भनिएको पनि जिकिर गरेकी छन् । पश्चिमा अधिकारीहरुले ताजा आक्रमणको विषयमा समान किसिमको चासो व्यक्त गरेकै समयमा यस किसिमको धारणा सार्वजनिक भएको हो ।

उनीहरुले आफूहरु युद्ध भड्किने जोखिमको बारेमा धेरै सशंकित भएको र विशेषगरी रुसले प्रयोग गर्न सक्ने गैरपरम्परागत हतियारको प्रयोगको बारेमा आफ्नो चासो रहेको बताएका छन् ।

साकीले  भनिन्,‘हामीले युक्रेनमा रुसद्वारा प्रयोग हुन सक्ने रासायनिक र जैविक हतियारको बारेमा दृष्टि राख्नु आवश्यक छ ।’
बुधबार बिहानै बेलायती रक्षा मन्त्रालयले ट्वीट मार्फत रुसले युक्रेनमा थर्मोब्यारिक रकेट प्रयोग गरेको बतएको थियो । यी रकेटहरुलाई भ्यक्कुम बमको रुपमा पनि चिनिन्छ । किनकी यो  बमले सेरोफेरोमा रहेको अक्सिजन सोस्छ र ठूलो मात्राको तापमान सहितको विष्फोट सिर्जना गर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप