युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् । युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन् ।
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकलकाटे नेताको उपमा दिँदै युक्रेन अतिक्रमण उनको योजनाअनुसार नबढेको टिप्पणी गरेका छन् । पुटिनले पश्चिमा देशहरुलाई उत्तेजक आणविक धम्की दिएकोसमेत उनीहरुले आलोचना गरेका छन ।
यसैबीच, युक्रेनमाथि रुसी हमलासँगै अमेरिकालगायतका पश्चिमा देशहरुको प्रतिबन्धपछि मस्कोमा उर्जा संकट देखिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमा तेल, ग्यास र कोइला आयातमा प्रतिबन्ध लगाएपछि मस्को प्रभावित हुने भएको हो ।
युक्रेन पुटिनले कहिल्यै जित गर्न नसक्ने बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा प्रतिबन्ध लगाएका थिए । त्यस्तै बेलायतले पनि यसै वर्षको अन्त्यसम्म रुसी तेल आयतमा प्रतिबन्ध लगाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)