बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा बस दुर्घटना, सात जनाको मृत्यु

बिहीबार, २६ फागुन २०७८, ०९ : ४४
बिहीबार, २६ फागुन २०७८

संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए । झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।

ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए । ​दुर्घटना स्थलबाट प्रहरीले १९ जनालाई उद्धार गरी चैनपुर अस्पताल पठाएको छ । उनीहरु सोही अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप