आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

ईभीएम मेसिनमा छेडखानी गरेको आरोपबारे बोले मुख्य चुनाव आयुक्त

बिहीबार, २६ फागुन २०७८, ०९ : ०८
बिहीबार, २६ फागुन २०७८

समाजवादी पार्टीले ईभीएम मेसिनमा छेडखानी गरेको आरोप लगाएपछि प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्रले केन्द्रीय निर्वाचन आयोगले सधैँ पारदर्शिताको पालना गर्ने भएकाले ईभीएममा त्यसो गर्न नसकिने बताएका छन् ।

समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा सुशील चन्द्रले उत्तर प्रदेशका मुख्य निर्वाचन अधिकारीले तालिमका लागि ईभीएम लिएर जाँदा राजनीतिक दलहरूलाई जानकारी गराउनु पर्ने नियम नमानेको भन्दै वाराणसीका तीन निर्वाचन अधिकारीलाई निलम्बन गरेको बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्तले ईभीएम छेडछाडको प्रश्न नै नउठ्ने र सन् २००४ देखि प्रयोग हुँदै आएको बताए । समाजवादी पार्टीका कार्यकर्ताहरूले वाराणसीमा ईभीएम मेसिनमा छेडछाड गरेको आरोप लगाएका थिए ।​ बीबीसी

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप