हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु
हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ ।
हेटौँडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् । उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए ।
यसअघि हेटौँडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो । हेटौंडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौँ र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेकोमा स्थानीय खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतले न्यायालय सम्हाल्दै, दिउँसो शपथ र पदबहाली
-
नवरात्रको चौथो दिन मैतीदेवी मन्दिरमा पूजा आराधना गर्नेको घुइँचो (तस्बिरहरू)
-
लियोनार्दोको गोलमा इन्टर मियामीको रोमाञ्चक जित
-
आज कुन सडकको अवस्था कस्तो छ ?
-
चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह
-
आइतबार देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने