शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

त्रिविका पदाधिकारीको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

बिहीबार, २६ फागुन २०७८, ०७ : ५८
बिहीबार, २६ फागुन २०७८

सत्तारुढ दल निकटका प्राध्यापक संघ-संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।​

महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयका हितमा नरहेको अनेरास्ववियुले  दावी गरेको छ ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र संयोजक अम्मरराज जोशीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको रगत र पसिनाबाट तिरेको करबाट तलब भत्ता खाएका व्यक्तिहरुले त्यही जनताको संस्थालाई धरासायी बनाउन उद्यत रहनु प्राज्ञिक र राजनीतिक रुपले अनैतिक छ ।’

अनेरास्ववियुले कुनै धम्कीबाट हतान नहुन विश्वविद्यालयका पदाधिकारीलाई पनि आग्रह गरेका छन् । त्रिवि धमिलो बनाउने जुनसुकै कदमलाई विफल बनाउन अनेरास्ववियुले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ । साथै त्रिविका हरेक समस्या संवाद र छलफलबाट समाधान गर्न सकिने अनेरास्ववियुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप