बराबरी खेल्दै सिटी क्वार्टरफाइनलमा
बिहीबार, २६ फागुन २०७८, ०६ : २८
घरेलु मैदानमा स्पोर्टिङ लजिबनसँग गोलरहित बराबरी खेल्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा हासिल गरेको ५-० को जीत नै सिटीका लागि निर्णायक बन्यो ।
सिटी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको यो लगातार पाँचौ सिजन हो । पेप ग्वार्डिओलाले कीर्तिमानी १२ औँ पटक कुनै पनि टोलीलाई प्रतियोगिताको यो चरणमा पुर्याउन सफल भएका छन् । "म त्यो क्षणको आनन्द लिन सिकेको व्यक्ति हुँ। जब म क्वार्टर फाइनलमा पुग्छु, म रमाइलो गर्छु; जब म अन्तिम १६ मा पुग्छु, मलाई थाहा छ यो कति गाह्रो छ," बार्सिलोनालाई आफ्नो नेतृत्वमा दुई च्याम्पियन्स लिगको उपाधि दिलाएकाग्वार्डिओलाले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेक्वान्दोका आयुर र दीक्षान्तलाई १२औँ स्पिड पावर तेक्वान्दोमा स्वर्ण
-
यूकेमा सरिनालाई स्वर्ण
-
सहारा क्लबले उत्पादन गरेका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
-
माओवादीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान
-
सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश
-
‘दुई दलीय व्यवस्थाको कुरा गर्नेहरू दुष्ट मतिका हुन्’