सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु
सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो । मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।
यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो तर उनको मृत्यु भएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो ।
प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्ने बताइएको थियो । शल्यक्रियाअघि उनी ६ साता ओछयानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो । तर सुँगुरको मुटु प्रत्यारोपण गरेको २ महिनापछि बेनेटको मृत्यु भएपछि विभिन्न अड्कलबाजी हुनसक्ने सञ्चारमाध्यामहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन