शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘रूसले बम हानेर प्रसूति अस्पताल ध्वस्त पार्‍यो’ : युक्रेन

बुधबार, २५ फागुन २०७८, २२ : ३२
बुधबार, २५ फागुन २०७८

रूसले बम खसालेर दक्षिणी युक्रेनको मारिउपोलस्थित प्रसूति अस्पताल ध्वस्त बनाएको युक्रेनी अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा पनि बमबारीका कारण आगो लागिरहेको प्रसूति अस्पतालको भिडियो फूटेजहरू सार्वजनिक भएका छन् । 

लडाकु विमानबाट रूसले सो प्रसूति अस्पतालमा बम लगातार बर्साएको बताइएको छ । रूसले खसालेको बमले शिशुहरू राखिएको अस्पतालको चिकित्सा सुविधा नै ध्वस्त भएको छ । मारिउपोल सिटी काउन्सिलले मानव हताहती पुष्टि गरेको छ । 

‘शहरको केन्द्रमा रहेको प्रसूति अस्पतालको शिशु कक्ष र आन्तरिक चिकित्सा विभाग रूसी बमबारीमा ध्वस्त भएको छ,’ दोनेत्स क्षेत्रीय प्रशासनका प्रमुख पाभ्लो क्यारिलेन्कोले भनेका छन् । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेन्स्कीले पनि मारिउपोल अस्पतालमा रूसी सेनाले गरेको हवाई आक्रमणको भत्र्सना गरेका छन् । उनले भनेका छन्, ‘रूसी सेनाले प्रसूति अस्पतालमा सीधै बमबारी गरेको छ । यो अत्याचार र आतंकलाई विश्वले कहिलेसम्म सहेर बस्नेछ ?’

राष्ट्रपति जेलेन्स्कीले अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि गठबन्धन (नाटो) प्रति युक्रेनको आकाशलाई नो फ्लाइ जोन घोषणा नगरेकोप्रति कडा आक्रोश पनि पोखेका छन् । तत्कालै आकाश बन्द गरी हत्या रोक्न भन्दै उनले नाटोसँग शक्ति भएको, तर मानवता गुमेको हेरिरहेको आरोप लगाएको हुन् । सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप