रुसले भन्यो - युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ
बुधबार, २५ फागुन २०७८, २१ : ५१

रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्याएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ ।
रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ । “हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,” उनले भने ।
अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्ने रुसी अधिकारीहरूको भनाइ छ । प्रवक्ता पेस्कोभले रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेको पनि जानकारी दिए । त्यहाँ हुने कार्यक्रममा उनले युक्रेनका समकक्षीसँग भेटवार्ता गर्ने पनि अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी