हुण्डाईको ‘बेस्ट बाइ’ योजना, ग्राहकलाई नगद छुट र विभिन्न सुविधा
बुधबार, २५ फागुन २०७८, २१ : ४७

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । नेपालभर लागू हुने यो योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरू प्राप्त हुने सो प्रालिले जानकारी दिएको छ ।
योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्म बेस्ट बाइबोनस, एक वर्षको निःशुल्क बृहत्‌ बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्म नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्ने हुण्डाई विक्रेताको दाबी छ । साथै, हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको पनि कम्पनीले जानकारी दिएको छ।
नयाँ ‘बेस्ट बाइ’ योजना २०७८ चैत्र १९ सम्म लागू हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)