शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशस्तरीय प्रथम अध्यक्षकप सुरु : उद्घाटन खेलमा टेम्के विजयी

बुधबार, २५ फागुन २०७८, २१ : ४१
बुधबार, २५ फागुन २०७८

प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आयोजक समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुआत गरेको हो । 

पहिलो हाफको २६औँ मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुवै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।

उद्घाटन खेलको प्लेयर अफ द म्याच टेम्केका स्ट्राइकर जनक कोइराला भएसँगै उनलाई नगद   दुई हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताअन्तर्गत भोलि हुने क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।

प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापाले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले नगर एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडीका साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप