दोलखामा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते
दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ ।
गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुङ्गा लिएर झ्याकु जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना