दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना
![दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना](https://rpcdn.ratopati.com/media/albums/police-dang_yZZAIxf6t8.jpg)
जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनको लागि दाङमा थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुरे शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बुधबार दुवै स्थानका चौकी आज उद्घाटन गरेका छन् ।
वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । प्रहरी प्रमुख काफ्लेले ग्रामीण क्षेत्रमा प्रहरी चौकी स्थापना गरिएसँगै समाजमा हुने सबै खाले अराजकता अन्त्य हुने बताए । त्यसका लागि नागरिकको साथ चाहिने पनि उनले बताए । दुवै अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा