शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने बताएका छन् । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको बताए ।
‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरू उठेका छन्’ मन्त्री पौडेलले भने, ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’ संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको बताए ।
मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताए । ‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह