हेलिकप्टर प्रयोग गरी डढेलो नियन्त्रण

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए ।
हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा चार दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि अग्नि नियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको वडाअध्यक्ष शेर्पाले बताए । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकप्टरले आगो नियन्त्रणका लागि ९५ हजार लिटर पानी प्रयोग गरेको थियो ।
आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेको थियो । आगोका कारण सल्ला, उत्तीसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के कति क्षति भयो भन्ने यकिन गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।
आगलागीका कारणबारे अनुसन्धानसँगै क्षतिको यकिन विवरण तयार गर्ने काम भइरहेको वडाध्यक्ष आङफुर्वा शेर्पाले बताए । आगोका कारण नाक्चुङ गाउँका १३ घर उच्च जोखिममा परेका थिए । बस्ती जोगाउनका लागि सबै संयन्त्र प्रयोग गरी काम गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल