निकुञ्जले बरामद गरेका भरुवा बन्दुक प्रहरीलाई बुझायो
लाङटाङ राष्ट्रिय निकुञ्जले बरामद गरेको भरुवा बन्दुक प्रहरीलाई बुझाइएको छ । निकुञ्ज क्षेत्रमा विभिन्न समयमा फेला परेका भरुवा बन्दुक प्रहरीलाई बुझाइएको हो ।
बुधबार सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई बन्दुक हस्तान्तरण गरेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार निकुञ्जको विभिन्न समयमा विभिन्न स्थानमा ठुलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा बन्दुकको नाल २ थान फेला पारिएको थियो ।
बेवारिसे अवस्थामा फेला पारिएका हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको भट्टराईले बताए । निकुञ्जले टुर गस्तीलगायतको संरक्षण सम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा चोरी सिकार गर्नेले बेवारिसे अवस्थामा छोडेर भागेका हुनाले हतियार नियन्त्रणमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनिसेफले ७५३ वटै पालिकाहरूको वास प्लान बनाउन सहकार्य गर्ने
-
रास्वपा कार्यकर्ताबाट वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास
-
रवि लामिछानेका समर्थकहरूद्वारा अदालत बाहिर नाराबाजी (तस्बिरहरू)
-
माघ १६ गते बृहत् कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
-
कालो, रातो वा पहेँलो कुन किसमिस बढी स्वास्थ्यकर छ ?
-
२०२४ को चुनावबारे जुकरबर्गको टिप्पणीमाथि मेटाले भारतसँग माग्यो माफी