बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सहयोगमा मधेसमा एल.पी. ग्यास र चुल्हो वितरण

बुधबार, २५ फागुन २०७८, १९ : ३९
बुधबार, २५ फागुन २०७८

नेपाल–भारत महिला मैत्री समाजले भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका विभिन्न जिल्लामा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री वितरण गर्ने भएको छ ।

अन्त्राष्ट्रिय महिलादिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच सो वितरणका लागि भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई सो सामाग्री वितरण गरिने समाजका अध्यक्ष चन्दा चौधरीले जानकारी गराइन् ।  

भारत सरकारको दुई करोड चार लाख ९० हजार अनुदान सहयोगमा मधेश प्रदेशका तीन जिल्लामा तीन हजारवटा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री वितरण गरिने नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइनेछ ।  

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अर्मत महोत्सव” अन्तगर्त यसवर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक रहेको दूतावासले जनाएको छ । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

कार्यक्रमका प्रमुख अतिथी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले तराई मधेशलगायत विभिन्न क्षेत्रमा रहेका पिछडिएका महिलालाई आत्मनिर्भर बनाउनुपर्ने बताइन् । समाजले एल.पी ग्यास, चुल्हो वितरण गर्नु सह्रानीय काम हो तर ती महिलाले पछि ग्यासको सिलिण्डर पुनः कसरी भराउन सक्छ त्यो कुरामा ख्याल गर्नुपर्ने उनले सुझाव दिइन् ।

एल.पी. ग्यास सिलिण्डर दिएपछि त्यसलाई पुनः कसरी भराउने त्यसको व्यवस्थापन पनि गर्नुपर्ने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप