सहिद स्मारक बी डिभिजन : बीरगञ्ज युनाइटेड र खुमलटार युथ क्लब विजयी
बीरगञ्ज युनाइटेड र खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा बुधबार आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै तालिकामा तीन अंक जोडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बीरगञ्ज युनाइटेड सामाजिक युथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १–० जित निकाल्दै तालिकामा तीन अंक जोड्न सफल भएका हुन ।
दिनको दोस्रो खेलमा बीरगञ्ज युनाइटेडलाई सामाजिक युथ क्लबविरुद्ध जित दिलाउन कृपा कान्त महतो थारूले ७१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । जितसँगै बीरगञ्जले ३ खेलबाट ४ अंक जोडेको विरगंज चौंथो स्थानमा उक्लिएको छ । यता ३ खेलमा केवल १ अंक जोडेको सामाजिक युथ १४ टिम सम्मिलित लिग तालिकाको पुछारमा पुगेको छ ।
बी डिभिजन लिग अन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीविरुद्ध जित निकाल्न खुमलटारले ३०औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । कप्तान सविन केसीले गोल गर्दै टोलीलाई पहिलो हाफमा दिलाएको अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको थियो । यससँगै खुमलटारले जारी लिगमा दोस्रो जित निकालेको छ । तीन खेलबाट ६ अंक जोड्दै खुमलटार लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बाँसबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बाँसबारीले तीन खेलमा केवल १ अंक जोडेको छ ।
बी डिभिजन लिग अन्तर्गत दिनको तेस्रो खेलमा चर्चब्वाईजले मध्यपुर युथ एसोसिएसनलाई २–० गोल अन्तरले पराजित भयो । चर्च ब्वाइजका आशिष चौधरीले ४३औ मिनेटमा गर्दै टोलीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दोस्रो मिनेटमा नै गोल गर्दै चर्चब्वाईजले गोल गर्दै लिएको अग्रता नै जितका लागि पर्याप्त बन्यो । कुबेर न्यौपानेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । यस जितसँगै चर्च ब्वाइजले तीन खेलबाट ९ अंक जोडेको छ । पराजित मध्यपुरको तीन खेलबाट ३ अंक छ ।
लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) तथा दोस्रो खेल टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ए लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली सी डिभिजनमा घटुवा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा