मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी नवलपरासीमा पल शाहको बयान जारी

बुधबार, २५ फागुन २०७८, १८ : ४५
बुधबार, २५ फागुन २०७८

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो ।

शाहको बयान र अनुसन्धान भइरहेको पूर्वी नवलपरासीका प्रवक्ता (डिएसपी) दिलिप गिरीले रातोपाटीलाई बताए । शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालीगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको हुनाले पूर्वी नवलपरासीमा हिरासतमा राख्न म्याद लिनुपर्दैन । बयान र त्यहाँ दर्ता भएको जाहेरीबारे अनुसन्धान सकेर उनलाई तनहुँ पठाइने डिएसपी गिरीले जानकारी दिए ।

नाबालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह)  प्रहरीको हिरासतमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप