आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, २५ फागुन २०७८, १७ : ३९
बुधबार, २५ फागुन २०७८

बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं नयाँ बानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडे रहेका छन् । 

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७७ पुस २४ र २०७८ मंसिर २१ गते उनलाई चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो । 

त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापा गाउँबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप