११ महिनामा आगलागीबाट ८३ जनाको मृत्यु, दुई अर्बभन्दा बढिको क्षति
बुधबार, २५ फागुन २०७८, १७ : १६
पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो ।
यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा । घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
आगलागीमा परी हालसम्म ३५२ जना घाइते भएका छन् । आगलागीका घटनाबाट २ हजार ४२२ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार आगलागीले यो वर्ष हालसम्म २ अर्ब २ करोड ८७ लाख १० हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ