दीपेन्द्र आइसिसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा
बुधबार, २५ फागुन २०७८, १७ : ०९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा परेका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेका मनोनयनमा संयुक्त अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द र भारतीय टोलीका ब्याटर श्रेयस ऐयरसँगै दीपेन्द्र महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् ।
टी-२० विश्वकपमा ग्लोबल छनोटमा नेपालबाट दीपेन्द्रले गरेको प्रदर्शनका आधारमा आइसीसीले उनलाई मनोनयनमा समेटेको हो । छनोटका खेलमा दीपेन्द्रले १५९ रन र तीन विकेट लिएका थिए । उनले फिलिपिन्सविरुद्ध ४७ बलमा ८३ रन बनाएका थिए । आइसीसीले महिलातर्फको पनि ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा सार्वजनिक गरेको छ । जसमा भारतकी मिथाली राज र दीप्ति शर्मासँगै न्युजिल्यान्डकी एमिलिया केर परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला