आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल

बुधबार, २५ फागुन २०७८, १७ : ०८
बुधबार, २५ फागुन २०७८

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।  अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्न नौ समूह गठन गरेर छलफल भएको नेताहरुले बताएका छन् ।

७ प्रदेशबाट ७ समूह र उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी नौ वटा समुहमा विभाजन गरेर छलफल भएको हो । उक्त छलफल भोलि बिहानसम्म सकेर र अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने तयारी छ । 

अध्यक्ष नेपालको प्रतिवेदनमा चैत १५ भित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने कार्ययोजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप