बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

उद्योगी हिरालाल केडियाको निधन

बुधबार, २५ फागुन २०७८, १७ : ५१
बुधबार, २५ फागुन २०७८

उद्योगी हिरालाल केडियाको निधन भएको छ । केडिया अर्गनाइजेसनका अध्यक्षसमेत रहेका उनको फागुन २४ गते ह्याम्स अस्पतालमा निधन भएकोे हो । विरगन्जका चर्चित उद्योगीको परिचित हिरालालको ८६ वर्षको उमेर निधन भएको हो । केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताल लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ ।

 उनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए । उनको अन्तिम संस्कारमा मधेश प्रदेशका मुख्यमन्त्री लगायत उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो । स्वर्गीय हिरालाल नारायणी उप–क्षेत्रीय अस्पतालको अध्यक्ष भई दुइ वर्ष काम गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप