नेपाल र भारत छिट्टै रेल मार्गबाट जोडिन्छन् : भारतीय विदेश सचिव श्रृङ्गला
भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला ले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने छन्,’ उनले भने ।
भारतीय विदेश सचिव श्रृङ्गलाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको जनाए । यसैकारण नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई उच्च प्राथमिकतामा राखिएको उनले बताए । पाकिस्तान बाहेकका छिमेकी राष्ट्रसँग निकट रहेर भारतले काम गरिरहेको उनको भनाइ थियो ।
नेपाल लगायतका छिमेकी राष्ट्रसँग असाध्यै राम्रो राजनीतिक सम्बन्ध कायम राखेको उनले दाबी गरे । सन् २०१४ मा पहिलो पटक नरेन्द्र मोदीले प्रधानमन्त्रीको सपथ लिँदा सार्क राष्ट्रका सरकार प्रमुखको उपस्थिती र सन् २०१९ मा दोस्रो पटक मोदीले प्रधानमन्त्रीको सपथ लिँदा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको उपस्थितिलाई यसको उदाहरणको रुपमा उनले प्रस्तुत गरेका थिए ।
राजनीतिक सम्बन्ध राम्रो भएकै कारण सन् २०१४ पछि भारतका राष्ट्र तथा सरकार प्रमुखले नेपाल, भुटान र श्रीलंकामा एक दर्जनभन्दा बढी पटक भ्रमण गरेको उनले जनाए । छिमेकी राष्ट्रसँग कनेक्टीभिटी र उर्जाका क्षेत्रमा भारतले ठूलो सहकार्य गरिरहेको विदेश सचिव श्रृङ्गलाले बताए । उनका अनुसार भारतले अहिले नेपालमा ७ सय मेगावाट र बंगलादेशमा १ हजार १६० मेगावाट विद्युत निर्यात गरिरहेको जनाए । भुटानबाट भने भारतले १.८ मेगावाट विद्युत आयात गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?