शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

बुधबार, २५ फागुन २०७८, १६ : ५६
बुधबार, २५ फागुन २०७८

महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका डोप्कास्थित रहेको नेपाल राष्ट्रिय प्राथमिकका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवाद दिएको छ । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने बताए । 

साथै, उनले आगामी दिनहरुमा बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्ने बताएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम संचालन गर्दै आइरहेको छ । उक्त झोला वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले देशभर रहेको १०३ वटा शाखामार्फत वित्तिय सेवा दिदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप