बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस बलियो बनाउन तरुण दल बलियो बनाउनुपर्छ  :  प्रदीप  पौडल

बुधबार, २५ फागुन २०७८, १६ : ४५
बुधबार, २५ फागुन २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।  नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् ।  

उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन काँग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए । पौडेलले भने, विधि पद्धतिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ ।  उनले काँग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप