माओवादी एक्लै चुनाव लड्न सक्षम छ : प्रचण्ड
बुधबार, २५ फागुन २०७८, ०८ : ००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए ।
बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यही पाटीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार