नेटोको सदस्यता नलिने जेलेन्स्कीको घोषणा, दुुई क्षेत्रमा सम्झौताको संकेत
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब नेटोको सदस्यता नलिने बताएका छन् । रूसलाई शान्त पार्न उनले यो घोषणा गरेको समाचारहरूमा जनाइएको छ । उनी दुुई फरक रूसी समर्थक क्षेत्र (डोनेट्स्क र लुहान्सक) को स्थितिबारे सम्झौता गर्नसमेत तयार भएका छन् । जसलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला शुरू गर्नु ठीक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो ।
यो त्यही मुद्धा हो : जसलाई रूस र युक्रेनबीच युद्धको कारक मानिएको थियो । रिपोर्टका अनुसार नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन । नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्, ‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ, जो घुँडा टेकेर केही मागिरहेको होस् ।’
नेटोलाई खतरा मान्छ रूस
रूसले छिमेकी मुलुक युक्रेन नेटोमा समावेश होस् भन्ने चाहँदैन । रूस नेटोको विस्तारलाई एक खतराको रूपमा हेर्छ । किनकी ऊ आफ्नो ढोकामा नयाँ पश्चिमी सहयोगीको सेना चाहँदैन ।
दुुई क्षेत्रमा सम्झौताको संकेत
युक्रेनमा हमला गरेर विश्वलाई तरंगित बनाउन पूर्व पुटिनले पूर्वी युक्रेनमा रहेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र घोषित गरेका थिए । अब पुटिन चाहन्छन् कि युक्रेनले उसलाई स्वतन्त्र देशको मान्यता दिनुपर्छ । यो सम्बन्धमा जेलेन्स्कीले आफू वार्ताका लागि तयार भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी