डुम्रे–बेँसीसहर सडकखण्डमा यातायत ठप्प
लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीसहर सडकखण्डमा यातायात सेवा थप्प भएका छन् । लमजुङस्थित मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर स्थानीयवासीले सडक अवरुद्ध गरेपछि आज बिहानदेखि यातायत ठप्प भएको हो ।
मृतकका आफन्तले उक्त स्थानमा विरोध प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–तनहुँको सिमाना पाउँदीबजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि यातायत ठप्प हुँदा यात्रु मर्कामा परेका छन् । यता लमजुङतर्फ पाउँदीबजारदेखि सिउँदीबारसम्म अनिश्चितकालीन निषेधाज्ञाका कारण यातयात ठप्प हुँदै आएका छन् ।
जिल्लाको सुन्दरबजार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो ।
होस्टेलमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नै नदिई होस्टेलबाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नै नदिई शव लगेको, विद्यालयका संस्थापक बाबुराम पौडेल, मृतक श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यालयका शिक्षक र अर्का विद्यार्थीमाथि छानबिन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले मङ्गलबार विद्यालयका दुई स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेको थियो । उक्त घटनालाई लिएर उग्ररूप लिन थालेसँगै ठूलो भीडलाई सामान्य अवस्थामा ल्याउन प्रहरीले १३ सेल अश्रुुग्यास र एउटा हवाई फायरसमेत गरेको प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए । उनका अनुसार मृतक विद्यार्थीसँगै गएका शिक्षक सरोज ओलिया र सबिन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारी साधन थप्प भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा जाने र सो तर्फबाट लमजुङ आउने कुनै पनि सवारी साधन सञ्चालन हुन पाएका छैनन् । उक्त क्षेत्रमा निषेधाज्ञा जारी र तनहुँको बाइसजागरमा टायर बालेर विरोध प्रदर्शन गरेपछि टाढा टाढा पुग्नुपर्ने यात्रुलाई समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने