आवश्यकताका आधारमा गठबन्धन : वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन निर्वाचनसम्म लैजाने बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा काँग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा काँग्रेसलाई नै फाइदा पुग्ने बताए । उनले भने, “हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौँ ।”
वरिष्ठ नेता पौडेलले काँग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै काँग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिने बताए । काँग्रेसलाई जिताउन युवाको महत्वपूर्ण भूमिका हुने भएकाले युवाहरु एक हुनुपर्ने उनले बताए । “नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन युवाहरु एकजुट भएर लाग्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भने, “युवा भनेका काँग्रेसको मेरुदण्ड हो, युवाहरु काँग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
-
ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना पक्राउ
-
राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?